काठमाडौं उपत्यकामा थपिए ६ कोरोना संक्रमित


प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार

काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार पनि उपत्यकामा ३८ जनामा कोरोना देखिएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com