प्रहरी प्रधान कार्यालयका थप २८ जनामा कोरोना पुष्टि


प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

केहि दिनअघि कार्यरत प्रहरीमा कोरोना भाइरस पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा गरिएको स्वाब परिक्षणमा थप प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको एक उच्च अधिकृतले जानकारी दिए । योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com