नेपालमा थप २७४ जनामा कोरोना संक्रमण, २२७ संक्रमित डिस्चार्ज


प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार

नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी २७४ जनामा कोरोना संक्रमण भएको बताएका हुन् । ६ हजार ३०४ जनामा गरिएको पिसिआर परिक्षणमा २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको कूल संख्या १९ हजार ५४७ पुगेको छ । हाल देशभर गरी ५ हजार १३९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर गरी थप २२७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस संक्रमणमुक्त हुनेको कूल संख्या १४ हजार २४८ पुगेको छ । संक्रमित मध्ये ७२.९७ प्रतिशत निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com