काठमाडौंमा जोखिम बढ्यो : एकैदिन थप ५३ जनामा कोरोना संक्रमण पुष्टि


प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार

मंगलबार काठमाडौं उपत्यकामा हालसम्मकै धेरै संक्रमित देखिएका छन्। मंगलबार उपत्यकामा थप ५३ जना कोरोना संक्रमित पुष्टि भएका छन्।

यो संख्यासँगै उपत्यकामा कूल कोरोना संक्रमितको संख्या ४७७ पुगेको छ। पछिल्लो समयमा देखिएको कोरोना संक्रमणले काठमाडौंमा कोरोनाको जोखिम बढेको देखिएको छ ।

मंगलबार काठमाडौंमा ३७ र ललितपुरमा ४ र भक्तपुरमा १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको छ। काठमाडौंमा कोरोना संक्रमित हुनेको व्यक्तिको संख्या ३३६ ललितपुरमा ९० र भक्तपुरमा ५० पुगेको छ। मंगलबार देशभर ३११ संक्रमित थपिएका छन्।

नेपालमा कूल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ भने १३ हजार ८७५ जना निको भएका छन् । हाल सम्म ४९ जनाको मृत्यु भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com