भ्याक्सिन बनाउन मोडेर्नालाई अमेरिकाले दियो ४७२ मिलियन, भोलिदेखि ३० हजारलाई भ्याक्सिन


प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार

कोरोनाबिरुद्धको भ्याक्सिन बनाउनका लागि अमेरिकी सरकारले अमेरिकन कम्पनी मोडेर्ना इन्कलाई थप ४७२ मिलियन डलर दिएको छ । मोडेर्नाले अमेरिकी सरकारबाट भ्याक्सिनको विकाशका लागि आइतबार उक्त रकम प्राप्त भएको जनाएको छ ।

अतिरिक्त सहयोगलाई आफूहरुलाई ठूलोमात्राको क्लीनिकल विकाशका लागि र भ्याक्सिन परीक्षण गरिएकाहरुमा तेश्रो चरणको अध्ययनका लागि मद्दत पुग्ने मोडेर्नाले बताएको छ । गत अप्रिलमा पनि यो कम्पनीले अमेरिकी सरकारबाट ४८३ मिलियन डलर प्राप्त गरेको थियो ।

कम्पनीका सीईओ स्टेफन बान्सेलले पहिलो चरणको तथ्यांक अनुशार आफूहरुले बनाएको एमआरएनए भ्याक्सिन कोरोनाबिरुद्ध लड्न सफल हुने विश्वास व्यक्त गरेका छन् । यो भ्याक्सिनले कोरोनाबिरुद्ध सिन्थेटिक मेसेन्जर आरएनएको प्रयोग गर्छ । यस्तो खालको उपचारले शरिरमा भाइरसबिरुद्ध प्रतिरोधात्मक क्षमताको विकाशगर्न मद्दत गर्छ ।

मोडेर्नाले तेश्रो चरणको परीक्षण एलर्जी र सरुवारोग राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा गरिरहेको छ । जुलाई २७ बाट सुरु हुने तेश्रो चरणको परीक्षणमा ३० हजारजना सहभागी हुने कम्पनीले जनाएको छ । ३० हजार जनालाई भ्याक्सिन दिएपछि आउने नतिजाका आधारमा भ्याक्सिन उत्पादन गरिनेछ ।
मोडेर्नाले हरेकबर्ष ५ सय मिलियन डोज उत्पादन गर्ने लक्ष्यका साथ काम सुरु गरिसकेको छ भने सन् २०२१ मा १ बिलियन डोज उत्पादन हुने सम्भावना रहेको छ ।

मोडेर्नाबाहेक फाइजर, नोभाभ्याक्स, बेलायतको आष्ट्राजेनेका लगायतका कम्पनीहरुले पनि भ्याक्सिन निर्माणका लागि अमेरिकी सहयोग प्राप्त गरेका छन् । उनीहरुले उत्पादन गरेको भ्याक्सिनको पनि परीक्षणका उत्साहजनक नतिजाहरु आइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com