नेपालमा थप १३० जनामा कोरोना पुष्टि, कुल सङ्क्रमित संख्या १८ हजार ६१३


प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घण्टमा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ जना पुगेको छ। आइतबार थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १३ हजार १ सय २८ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म ४५ जना संक्रमितको मृत्यु भएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com