सितापाइलामा युवतीमाथि एसिड प्रहार गरेको आरोपमा भारतीयसहित दुई जना पक्राउ


प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार

राजधानीको सितापाइलामा २२ वर्षिया युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं,डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु बस्ने मुन्ना महमद भारतीय नागरिक रहेको महानगरीय अपराध महाशाखा, काठमाडौंले जनाएको छ ।

उनीहरुलाई नार्गजुन-४ सिर्जनसिल टोलबाट प्रहरीले पक्राउ गरेको हो । ती युवतीलाई पक्राउ पर्नेमध्ये एक केटाले मन पराएको तर युवतीले अरु नै केटा मन पराएको भन्दै एसिड प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com