कोरोना असर: बेलायतमा घरजग्गा कारोबार एक तिहाइले घट्यो


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

कोरोना महामारीले बेलायतको प्रपर्टी (घरजग्गा) मार्केटको कारोबारमा ठूलो धक्का पुर्याएको छ ।

गत वर्षको तुलनामा यस वर्ष बेलायतमा घरजग्गाको कारोबार एक तिहाइले घटेको हालै सार्वजनिक एक तथ्यांकले देखाएको छ ।

यो वर्षको समर सिजनमा बेलायतमा भएको प्रपर्टी कारोबार गत वर्षको सोही अवधिमा भएको कारोबारभन्दा झन्डै एक तिहाइले कम भएको हो ।

लकडाउन खुकुलो हुँदै जाँदा कारोबार क्रमिक रुपमा उकालो लाग्न थालेपनि अझै पनि सामान्य अवस्थाभन्दा निकै न्यून छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘एचएम रिभेन्यू एन्ड कस्टम्स्’ (एचएमआरसी) ले जारी गरेको तथ्यांकअनुसार गत जुन महिनामा बेलायतमा कुल ६८ हजार ६ सय ७० वटा रेसिडेन्सल प्रपर्टी बिक्री भएका छन् । जुन संख्या गत वर्षको सोही महिनाको तुलनामा ३१ दशमलव ५ प्रतिशतले कम हो ।

तर गत मे महिनामा भन्दा भने जुन महिनामा कारोबार ५० प्रतिशतले बढेको छ ।

घरजग्गा कारोबारलाई प्रोत्साहित गर्ने लक्ष्यले हालै मात्र सरकारले ५ लाख पाउन्डसम्मको प्रपर्टीमा ‘स्ट्याम्प ड्यूटी’ शीर्षकको कर नलगाउने घोषणा गरेको छ । जसका कारण आउंदो महिनाहरुमा भने प्रपर्टी कारोबारले केही गति लिने अपेक्षा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com