नेपालमा कोरोनाबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

नेपालमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको पहिलो विदेशी नागरिकको मृत्यु भएको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी ४९ वर्षीया चिनियाँ नागरिकको मृत्यु भएको हो ।

त्रिवि शिक्षण अस्पतालका निमित्त प्रशासन प्रमुख माधव प्रसाद घिमिरेले मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएकी उहाँको आज बिहान छ बजेर १५ मिनेटमा मृत्यु भएको हो ।

पोखरामा बस्दै आएकी उहाँको स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको स्वाब परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको थियो ।

अस्पताल प्रशासनका निमित्त प्रमुख माधव प्रसाद घिमिरेका अनुसार मृतक चिनियाँ नागरिकको शव व्यवस्थापनको कार्य भइरहेको छ । उहाँले भन्नुभयो, “मंगलबार त्रिवि अस्पताल भर्ना हुनुभएकी उहाँ एक्युट कोरोनरी सिन्ड्रम विथ सेग्मेन्ट एलिभेशनबाट पीडित हुनुहुन्थ्यो ।”
सम्बन्धित निकायबाट तीन देखि चार दिन लाग्ने हुनाले तात्कालका लागि शवलाई अस्पतालमै व्यवस्थित गरेर राखिएको घिमिरेले प्रष्ट्याउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा हालसम्म कोभिड–१९ बाट ४२ जनाको मृत्यु भएको छ । यसअघि जनकपुरधाम उपमहानगरपालिका बस्ने एक ६० वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार नै निधन भएको थियो ।

साउन २ गते भर्ना हुनुभएको उहाँको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्दा कोभिड–१९ को पुष्टि भएको थियो । उहाँको भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज त्रिवि अस्पतालमा मृत्यु भएका चिनियाँ नागरिक भने कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने पहिलो विदेशी नागरिक हुनुहुन्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com