भर्जिनिया र मेरिल्याण्डसहित ३१ राज्यबाट न्युयोर्क आउने अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

अब भर्जिनिया र मेरिल्याण्डबाट न्युयोर्क आउनेहरुसमेत अनिवार्य १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने भएको छ । मंगलबार न्युयोर्कले क्वारेन्टीनमा बस्नुपर्नेको सुचीमा १० वटा नयाँ राज्यहरु थपेको हो ।

यसअगाडि २२ वटा राज्यहरु सुचीमा रहेकोमा मंगलबार १० वटा थपिएको छ भने एउटा हटाइएको छ । थपिएका राज्यहरुमा मेरिल्याण्ड, भर्जिनिया, अलास्का, डेलावर, इन्डियाना, मिजौरी, मोन्टाना, नर्थ डाकोटा, नेब्रास्का र वासिंटन रहेका छन् ।

यसअगाडिदेखि सुचीमा रहेका राज्यहरुमा अलाबामा, अर्कान्सास, एरिजोना, क्यालिफोर्निया, फ्लोरिडा, जर्जिया, आयोवा, आइदायो, कन्सास, लुजियाना, मिसिसिपी, नर्थ क्यारोलिना, साउथ क्यारोलिना, न्यु मेक्सिको, नेभाडा, ओहायो, ओक्लाहोमा, टेनेसी, टेक्सास, युटाह र विसकन्सिन रहेका थिए ।

अब यी ३१ वटा राज्यबाट न्युयोर्क आउनेहरुले न्युयोर्क आउनासाथ आफू आएको स्थानको विवरण र जाने स्थानको विवरणसहित फर्म भरेर सरकारी अधिकारीहरुलाई बुझाउनुपर्छ । साथै उनीहरु न्युयोर्क आइसकेपछि अनिवार्य १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने नियम रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कका अतिरिक्त न्युजर्सी र कनेक्टिकटले पनि संयुक्त रुपमा यो नियम लागु गरेका छन् । अर्थात् उल्लेखित ३१ राज्यबाट तीनवटै राज्यमा आउनेहरु १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्छ ।

कुनै बेला कोरोना महामारीको इपीसेन्टर रहेको न्युयोर्कमा अहिले परीक्षण गरिएकाहरुमध्ये एकप्रतिशतभन्दा कममा कोरोना संक्रमण देखिएको छ । यसैबीच न्युयोर्कका गभर्नर कुमोले न्युयोर्कमा कोरोनाको दोश्रो छाल अवश्यंभावी रहेको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com