दोश्रो चरणको राहत चेकमा रिपब्लिनको औपचारिक समर्थन


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न अमेरिकनहरुलाई दोश्रो चरणको राहत चेक पठाउने विषयलाई रिपब्लिकनहरुले औपचारिक रुपमा समर्थन गरेका छन् । सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले आज अर्को राहत प्याकेजमा दोश्रो चरणका राहत चेक समावेश गर्ने विषयमा रिपब्लिकनहरुको औपचारिक समर्थन नै रहेको खुलासा गरेका हुन् ।

कोरोनाको महामारीपछि अधिकांश अमेरिकन नागरिक, ग्रिनकार्डवाहक र करदाताहरुले १२ सय डलरको राहतचेक प्राप्त गरेका थिए । दोश्रो चरणमा राहत चेक पठाउने विषयले चर्चा पाएपनि यसबारे रिपब्लिकनहरुको औपचारिक धारणा भने आइसकेको थिएन । यद्यपी केही रिपब्लिकन नेताहरुले यस अगाडि पनि दोश्रो चरणको राहत चेक पठाउने विषयमा सकारात्मक प्रतिकृया दिदै आएका थिए ।

ह्वाइट हाउसका उच्च अधिकारी सिनेटका रिपब्लिकनलाई राहत प्याकेजबारे राष्ट्रपति ट्रम्पको धारणा सुनाउन आउने तय भएको मिच म्याक्कोनेलले जानकारी दिएका छन् । ट्रम्पले पेरोल ट्याक्स कटौतीको विषयलाई समावेश गर्नुपर्ने धारणा प्राथमिकताका साथ राख्दै आएका छन् । त्यस्तै सीडीसीलाई कोरोना परीक्षणका लागि उपलब्ध गराउने रकममा कटौती गर्नुपर्ने पक्षमा ट्रम्प रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिन र ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोजले हाउसकी स्पीकर न्यान्सी पेलोसीलाई भेट्ने समेत तय भएको थियो । मिच म्याक्कोनेलले आगामी प्रस्तावको खाका तयार पारेपनि औपचारिक रुपमा सार्वजनिक भने गरिसकिएको छैन ।

दोश्रो चरणमा राहत चेक पठाउनेमात्र नभए दोश्रो चरणमा पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगत विजनेशहरुलाई रकम उपलब्ध गराउनेमा आफू सकारात्मक रहेको मिच म्याक्कोनेलले बताएका छन् । प्याकेजमा भ्याक्सिनलाई तीब्र गति दिनका लागि उपलब्ध गराइने फण्ड पनि समावेश गरिने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com