१ मिनेटमा ८० हजार शब्द पढ्ने मारियादेखि स्पीड रिडर विजय शाहीसम्म : के हो स्पीड रिडिङ ?


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

नेपालमा एकजना युवा विजय शाही अहिले स्पीड रिडरका रुपमा निकै चर्चित छन् । उनले कुनै पनि पुस्तक एकदम छिटो पढ्नसक्ने आफ्नो कला भिडियोहरुमा देखाउँदै आएका छन् । कतिपयले त यसलाई भगवानको लिला र चमत्कार समेत बताएका छन् ।

विज्ञानले स्पीड रिडिङलाई विभिन्न टेक्निक लगाएर छिटो पुस्तक पढ्नसक्ने कलाका रुपमा स्वीकार गरेको छ । र, स्पीड रिडिङका सन्दर्भमा विश्वमा विभिन्न रेकर्डहरु समेत कायम भएका छन् । यद्यपी त्यस्ता रेकर्डहरु विवादमुक्त भने छैनन् ।

मापदण्डहरुबारे विवाद भएपछि केही बर्षदेखि गिनिज बुकले स्पीड रिडरका रेकर्डहरु दर्ता गर्न छाडिसकेको छ भने विगतका स्पीड रिडरका रेकर्डहरु सम्मान सुचीमा राखेको छ ।

अमेरिका निवासी हावर्ड स्टेफन बर्जलाई एक मिनेटमा २५ हजारसम्म शब्द पढ्नसक्ने स्पीड रिडर व्यक्तिका रुपमा गिनिज बुकले पहिचान गरेको थियो । त्यस्तै फिलिपिन्स निवासी मारिया टेरेसाले एकमिनेटमा ८० हजार शब्द पूरै बुझेर पढ्नसक्ने दावीका साथ गिनिज बुकमा नाम लेखाउन आवेदन दिएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्पीड रिडरहरुले स्कीमिङ र स्क्यानिङ तथा मेटा गाइडिङ विधिको उपयोग गरेर पुस्तकहरु छिटोछिटो पढेको पाइन्छ । स्कीमिङ विधिबाट पुस्तक पढ्दा आँखाले मुख्य क्लु भएको बाक्यलाई पृष्ठमा खोज्नेगर्छ । सारांशमा हरेक प्याराग्राफमा पहिलो बाक्य पढिसकेपछि त्यसमा उक्त पेजमा के छ भन्ने कुराको निर्धारण गर्छ । त्यस्तै स्क्यानिङ विधिबाट स्पीड रिडिङ गर्दा दिमागी नक्साको प्रयोगबाट पेजमा भएको जानकारीको खोजी गरिन्छ ।

स्पीड रिडरहरुले अपनाउने मेटा गाइडिङ विधिमा औंला वा प्वाइन्टरको माध्यमबाट आँखालाई गाइडेन्स गरिन्छ । औंलाले जतिसक्दो छिटो आँखालाई गाइड गर्नसक्छ, त्यती छिटो आँखाले उक्त सामाग्री पढ्छ । स्पीड रिडिङ एउटा यस्तो क्षमता हो, जुन अभ्यासबाट हासिल गर्न सकिन्छ । अहिले विश्वमा स्पीड रिडिङका लागि विभिन्न सेमिनारहरु समेत आयोजना गरिदै आएको छ ।

विश्वमा पढ्ने तीनवटा तरिकाहरु चर्चित छन् । एउटा हरेक शब्दलाई मनमनै वा आवाज निकालेर उच्चारण गरेर पढ्ने, जुन पढाईको सबैभन्दा ढिलो तरिका हो । दोश्रो अरुले पढेका शब्दहरु सुनेर पढ्ने विधि, जुन पहिलोको तुलनामा अलिक छिटो हुन्छ । तेश्रो, उच्चारण गर्नु वा सुन्नुको साटो आँखाले हेरेर पढ्ने, जुन विधि सबैभन्दा छिटो मानिन्छ । स्पीड रिडिङमा तेश्रो विधिको प्रयोग हुन्छ ।

स्पीड रिडिङका लागि अहिले विश्वमा कम्प्युटर सफ्टवेयरहरु समेत उपलब्ध छन् । आँखाको गति अति तीब्र बनाउनपर्ने भएकाले त्यसको अभ्यासविना स्पीड रिडिङ सम्भव छैन । केहीबर्ष पहिले साइकोलोजिकल साइन्स इन द पब्लिक इन्ट्रेस्ट नामको जर्नलमा प्रकाशित लेखमा स्पीड रिडिङका लागि कुनै जाधुको छडि नभएको र स्पीड रिडिङका टेक्निकहरुमार्फत हासिल गर्न सकिने निष्कर्ष निकालिएको थियो ।

अमेरिकी राष्ट्रपति जोन अफ केनेडी पनि स्पीड रिडिङका पक्षधर थिए । उनले एक घण्टामा ७२ हजार शब्दसम्मको पुस्तक सहजै पढ्नसक्थे । अमेरिकी राष्ट्रपति जिम्मी कार्टर र उनकी पत्नीले पनि स्पीड रिडिङका लागि ह्वाइटहाउसमा कोर्स ज्वाइन गरेका थिए ।

स्पीड रिडिङका बारेमा विश्वमा प्रतियोगिताहरुसमेत हुने गरेका छन् । ६ पटकसम्म विश्व च्याम्पियन भएकी बेलायत निवासी एन जोन्समा एकमिनेटमा ६७ प्रतिशत सही तरिकाले ४७ सय शब्दसम्म पढ्नसक्ने क्षमता रहेको छ । उनले ७८४ पेजको पुस्तक ४७ मिनेटमा पढेकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com