नेकपाको स्थायी समिति बैठक बस्दै, स्थगित हुनेमा नेताहरुको शंका


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । नेकपामा आन्तरिक कलह बढ्दै गएपछि स्थायी समिति बैठक पटकपटक स्थगित हुँदै आएको थियो ।

पार्टीभित्र अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुले राखेपछि आन्तरिक विवाद बढेको हो ।

यसैबीच आज बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित हुन सक्ने नेताहरुले शंका गरेका छन् । नेताहरुमा सहमति नजुटेकाले बैठक स्थगित हुने शंका गर्न सकिने नेताहरुले बताएका हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com