परीक्षा सञ्चालन गर्न विकल्प खोज्दै त्रिवि


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

काठमाडौं । कोभिड-१९ को त्रासका कारण समयमै हुन नसकेका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले चार वटा विकल्प तयार गरेको छ। चैत ११ गतेदेखि गरिएको लकडाउनका कारण त्रिवि सहित अन्य विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहको थुपैं परीक्षा स्थगित छ। तर अवस्था सहज भइनसकेकोले परीक्षा र पढाई कहिलेदेखि सुचार गर्ने भन्नेबारे कुनै पनि विश्वविद्यालयले यकिन गर्न सकेका छैनन्।

त्रिविले परीक्षा सञ्चालनका लागि के कस्ता विधिहरु अपनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न शिक्षाध्यक्षको कार्यालयले कार्यदल बनाएको थियो। कार्यदलले दिएको सिफारिसमा पढाई अनुसार परीक्षाको तरिका पनि बदल्नुपर्ने सुझाव उपकुलपति कार्यालयलाई दिएको छ।

परीक्षा पुरानै शैलीमा सञ्चालन गर्न सकिने, छुट्टै एप निर्माण गरेर विद्यार्थीलाई पनि त्यसैमा जोड्ने र त्यहीबाट परीक्षा चलाउने, सामाजिक दुरी कायम गरेर विद्यार्थीलाई नै उपस्थित गराएर परीक्षा चलाउने तथा क्याम्पसको आन्तरिक मूल्याङकनमा आधारित रहेर विद्यार्थीलाई नम्बर दिन सकिने विकल्प कार्यदलले दिएको छ। तर आन्तरिक मूल्याङकन भने वार्षिक परीक्षा प्रणाली अन्तर्गतका परीक्षार्थीलाई मात्र लागु गरिने त्रिविले जनाएको छ।

कार्यदलका सदस्यसचिव तथा त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘सेमेष्टर वाहेकका परीषार्थीले आन्तरिक मूल्यांकनमा नजाने, बरु ढिलै भएपनि परीषामै सहभागी हुने इच्छा व्यक्त गरे। त्यसैले उनीहरुको लागि आन्तरिक मूल्याङन लागु हुँदैन।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आन्तरिक मूल्याङकन गरेर नम्बर दिंदा कोरोना ब्याजको ट्याग लाग्ने भन्दै विद्यार्थीले चिन्ता व्यक्त गरेको पनि जोशीले बताए। परीषाका यि चारै विकल्पबारे आइतबार त्रिविका पदाधिकारीको वैठकमा छलफल भएको थियो। तर सरकारले साउन सात गतेसम्मको लागि लकडाउन जारी राखेकोले अहिले नै कुन विकल्प अपनाउने भन्नेबारे निर्णय भएको छैन।

‘विद्यार्थीका लागि चारै विकल्प तयार छन्। तर अवस्था हेरेर कुन विकल्पमा जाने भन्ने निर्णय केहि दिनपछि गर्छौ’ जोशीले भने। सरकारले लकडाउनलाई सात गतेपछि पनि निरन्तरता दिन्छ कि दिंदैन भन्ने एकिन नभएकोले परीक्षाका बारेमा पनि निर्णय नभएको हो। तर अवस्थाा जस्तो रहेपनि दशैंअघि पनि परीक्षा सम्पन्न गर्ने तयारीमा त्रिवि छ। अवस्था सहज भएमा विद्यार्थीलाई नै उपस्थित गराएर र अवस्था कठिन भएमा एपमार्फत भएपनि परीक्षा चलाउने योजना उसको छ। त्रिवि शिक्षाध्यक्ष प्राध्यापक डा। शिवलाल भुषालले रोकिएका परीक्षा र पढाई दुवैका विषयमा एक दुई दिनमै निर्णय गरिने बताए।

लकडाउनका कारण त्रिविको स्नातक र स्नातकोत्तर तहका समेत गरेर आधा दर्जनजति परीक्षा स्थगित छन्। परीक्षाको नयाँ मिति तोकिएपछि परीक्षार्थीलाई कम्तिमा पनि तीन साताको समय दिने त्रिविको तयारी छ। भदौ दोस्रो सातादेखि परीक्षा सञ्चालन हुनसक्ने त्रिविका एक अधिकारीले बताए।

परीक्षार्थी थोरै भएका नेपाल आर्मीको खरिपाटी केन्द्रको परीक्षा भने त्रिविले लकडाउनकै समयमा सम्पन्न गरिसकेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com