जवर्जस्ती करणीपछि १५ वर्षिया बालिकाको पेटमा गर्भ, नेकपा नेता पक्राउ
प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ खुर्कोटमा एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा स्थानीय नेकपाका नेता पक्राउ परेका छन्। स्थानीय १५ वर्षीया बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा नेकपा वडा कमिटीका सचिव विदुरप्रसाद देवकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
४५ वर्षीय देवकोटाले पाँच महिनाअघि घाँस काट्न हिँडेकी बालिकालाई जबर्जस्ती करणी गरेको उनको परिवारले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। बालिका अहिले पाँच महिनाकी गर्भवती छिन्। बालिकाले पेट दुख्यो भनेपछि अभिभावकले शनिबार खुर्कोटस्थित सुनकोसी मेडिकलमा स्वास्थ्य परीक्षण गर्दा उनी गर्भवती भएको खुलेको हो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।