सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गरिने छ भन्नुुभयो ।
विदेशबाट आएका, कोरोना परीक्षणमा पोजेटिभ भएका व्यक्तिको सम्पर्कमा आएका, अत्यावश्यक सेवाकर्मीहरू सबैको चिकित्सकको सल्लाह अनुसार पीसीआर परीक्षण हुनेछ ।
प्रवक्ता गौतमले हवाईमार्ग हुँदै स्वदेश आउनेलाई पाँच दिनसम्म होल्डिङ सेन्टरमा राखेर पीसीआर परीक्षणपछि मात्र घर पठाउने निर्णय भएको जानकारी दिनुभयो । स्थलमार्गबाट आउनेको पनि अनिवार्य रूपमा पीसीआर गरिनेछ । उहाँले सिंहदरबारभित्रका सफाइमा खटिने कर्मचारीको कोरोना परीक्षण गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।