सरकारी नम्बर : सामाजिक सञ्जालमा भाइरल बनेको तस्वीरको यथार्थता


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

सामाजिक सञ्जालमा निकै भाइरल भएको तस्वीरको यथार्थ खुलेको छ । सामाजिक सञ्जालमा उक्त तस्वीर भाइरल बनाईनुको एउटा कारण सरकारी नम्बरको मोटर साईकल अनि पछाडि बसेकी युवतीले लगाएको पहिरन हो। यदि सो मोटरसाईकल सरकारी नम्बरको हुदैन थियो र ति युवती यात्रा गरिरहेकी थिईन भने यो प्रश्न पनि सायद उठ्ने थिएन ।

तर यी दुवैजना पछिल्लो समय सामाजिक संञ्जालको चर्चामा आए । सरकारी कर्मचारीले लगाउने ड्रेस र उनिहरुले प्रयोग गर्ने सरकारी सवारी साधनको प्रयोगका पनि आफनै नियम छन् । यातायात ब्यावस्था विभागका अनुसार प्रदेश–३–०२–००१ ब–१४१२ नम्बरको मोटर साईकल धादिङको गल्छि गाउँपालिकाको नाममा रहेको छ । । गाँउपालीकाले अत्यावश्यक सामाग्री ओसार पसार ( स्टोर) प्रयोजनका लागी सो मोटरसाईकल प्रयोग गदै आएको गाउपालीकाका एक कर्मचारीले बताए ।

सरकारी मोटरसाईकलमा सवार युवती र चालक युवा दुवै सरकारी कर्मचारी नै हुन् ।  दुवै जना भर्खरै सरकारी सेवामा गरेको र सिटरोल  भर्न धादिङबाट काठमाडौं आएको खुलेको छ । सरकारी नम्बरको मोटरसाईकल चालक  गल्छी गाँउपालिकामा कार्यरत ईन्जिनियर हुन् ।

उक्त मोटरसाईकलमा सवार युवती पनि सोहि गाँउपालीकामा कार्यरत सव–इन्जिनियर हुन् । उनिहरू दुवैजना गाउँपालिकाबाट स्विकृती लिएर नै काठमाडौं स्थीत निजामती किताब खानामा सरकारी संकेत नम्बर लिन आएका थिए । गल्छी गाँउपालीकाका प्रसाशकीय प्रमुख मोहन कुमार श्रेष्ठले दुवैजना गल्छि गाउँपालिका कर्मचारी भएको जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

श्रेष्ठका अनुसार उनिहरू सरकारी सेवामा प्रवेश गरेपछि लिनुपर्ने सरकारी संकेत नम्बर लिन काठमाडौं आएका हुन् । सरकारी सेवामा प्रवेश पछि कर्मचारीका लागि सिटरोल अर्थात सरकारी संकेत नम्बर आवश्यक पर्छ । श्रेष्ठले भने दुवै जना गाँउपालीकामा कार्यरत इन्जीनियर भएको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com