पक्की पुल बाढीले बगायो, आवतजावत बन्द


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

बाजुरामा गएराति परेको अविरल वर्षाका कारण आएको बाढीले बुढीगङ्गा नगरपालिका –२ को घट्टे खोलामा रहेको पक्की पुल बगाएको छ । साँफे-मार्तडी सडकअन्तरगत पर्ने ताप्रिसेरास्थित घट्टेको खोलामा रहेको २५ मिटर लामो पक्की पुल बगाएपछि स्थानीयकाे आवतजावत नै बन्द भएको छ । बाढीले पक्की पुल बगाएपछि स्थानीय घरमा जानसमेत निकै समस्या भएको बुढीगाङ्गा नगरपालिका वडा नं –२ का वडा अध्यक्ष हिरा थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो पुल वारिपारिमा रहेका झण्डै १२ घरपरिवारले खोलामा पानी खाने र नुहाउने गर्दथे । हिजो राति आएको बाढीले पुल नै बगाएपछि खानेपानीको समेत निकै समस्या भएको छ ।’
‘यो पुल बगाएपछि बल्दे, नडाग, अम्कोट डुग्री, खेतकोट लगायतका स्थानीयलाई पनि आवतजावतमा निकै समस्या परेको छ’ थापाले भन्नुभयो, ‘पुल बगाएपछि यातायातका सवारी साधन त के मानिसलाई पनि खोला तरेर घरमा जान निकै समस्या परेको छ ।’

उहाँले भन्नुभयो, ‘यसभन्दा पहिला पनि यो खोलामा पुल नहुँदा एक जनाले खोला तर्ने बेला ज्यान गुमाएका थिए ।’ गएराति परेको भारी वर्षाका कारण आएको बाढीले घट्टेखोलाको २५ मिटर पक्की पुल बगाउनुका साथै त्यस वारपारको रहेको झण्डै एक सय रोपनीमा लगाएको धान खेती पनि बिग्रिएकाे जिल्ला प्रहरी कार्यालय, बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com