‘गुहार मागेर गाउँले बोलाएँ, हुस्सु लागेकाले उद्धार गर्न सकिएन’


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

‘रातको ११ बजेको थियो । हामी सडक निर्माणमा संलग्न साथीहरू ट्रयाक्टरमा आउँदै थियौँ, ट्रयाक्टर एकै पटक सडक छेउको डिभाइडरमा ठोकियो । म हतपत हाम फालेँ र मेरो ज्यान जोगियो । म ट्रयाक्टरको ट्रलीको माथिल्लो छेउमा बसेको थिएँ । त्यसैले हाम फाल्न सकेँ ।’

यी भनाइ प्यूठानमा सात जनाको ज्यान जाने गरी भएको ट्रयाक्टर दुर्घटनाका एक मात्र जीवित रुन्टीगढी–५ का २० वर्षीय विशाल थापाको हो । ट्रयाक्टरबाट हाम फालेर बाटो छेउको डिभाइडरलाई समात्न पुगेको मलाई याद छ । ट्रयाक्टर तल खसेपछि गाउँमा गुहार गरी मानिस बोलाए पनि अँध्यारो र हुस्सु लागेकाले उद्धार गर्न नसकिएको उहाँको भनाई छ । साउने सङ्क्रान्ति मनाएर हिँडेर फर्किदै गरेका साथीलाई लिन विशालसहित चार जना भिंगृबाट ट्रयाक्टर लिएर धरमपानी पुगेर फर्किँदै गर्दा दुर्घटना भएको थियो ।

ट्रयाक्टर दुर्घटनामा परेर सडक निर्माणको काम गर्ने सात जना मजदुरले ज्यान गुमाएका थिए । स्तरोन्नतिको काम भइरहेको भिंगृ–स्वर्गद्वारी सडक खण्डमा काम गर्ने रोल्पाका सात जना मजदुरको शनिबार राति ११ बजे भएको दुर्घटनामा परी ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार ज्यान गुमाउनेमा रोल्पा रुन्टीगढी गाउँपालिका–५ वाईजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठा मगर, १९ वर्षीय थमन बाठा मगर, २५ वर्षीय कविराम बस्नेत र १८ वर्षीय गोवर्धन बुढामगर रहेका छन् । दुर्घटनामा ट्रयाक्टर चालक त्रिवेणी गाउँपालिकाका अन्दाजी २५ वर्षीय कमल कुँवर छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रयाक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । नेपाली सेना, नेपाल प्रहरी, रेडक्रसकर्मी र स्थानीयले घटनास्थलबाट शव निकालेको वडा नं ३ का वडा अध्यक्ष बासुदेव रेग्मीले बताउनुभयो । ‘घटनास्थल अप्ठ्यारो भएकाले शव निकाल्नसमेत समय लाग्यो’, उहाँले भन्नुभयो, ‘डोरीको प्रयोग गरेर शवलाई बाटोमा ल्याइयो । शव प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा राखिएको छ ।’

‘घटना भएको ठाउँमा कडा चट्टान काटेर मोड बनाइएको छु, वडा अध्यक्ष रेग्मीले भन्नुभयो, ‘हुस्सुको कारण चालकले मोड देखेनन् कि जस्तो लाग्छ ।’ दुर्घटनाको कारण खुलिनसकेको र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com