बर्थ डे पार्टी दिने बहानामा जबरजस्ती करणी


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

जन्मदिनको पार्टी दिने बाहानामा आफ्नै साथीमाथि जबरजस्ती करणी गरेको आरोपमा ओखलढुंगा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । शुक्रबार रातीे मानेभज्याङ गाउँपालिकाका २६ वर्षीय युवकले जन्मदिनको पार्टी दिने भन्दै बोलाएर २३ वर्षीया आफ्नै साथीमाथि जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ ।

उनीहरु सानै उमेरदेखि साथी भएको र शुक्रबार युवकको जन्मिदिन परेकाले युवतीलाई पार्टी दिने भन्दै राती घरैमा लिन गएर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । युवकले मादक पदार्थ सेवन गरेर आफुमाथि जबरजस्ती करणी गरेको पीडित युवतीको आरोप छ । पीडितको जाहेरीका आधारमा शनिबार ती युवकलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान सुरु गरीएको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए ।

यसअघि हिजो मात्रै सोही गाउँपालिकाकी २७ वर्षीया विवाहित महिलामाथि जबरजस्ती करणी गरको आरोपमा २३ वर्षीय युवक पक्राउ परेका छन् । श्रीमान बैदेशिक रोजगारीमा गएको मौका छोपी जबरजस्ती करणी गरेको र ५ महिनाको गर्भ समेत बसेको भन्दै महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतले बताए । ती महिलाले आफुमाथि जबरजस्ती करणी गरेको भन्दै शनिबार नै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com