नेपालमा थप १५६ जनामा कोरोना पुष्टि


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

नेपालमा कोभिड–१९(कोरोनाभाइरस)का १५६ जना नयाँ बिरामी थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ७४१ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १५६ बिरामी थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या १७ हजार ६५८ पुगेको जनाएको छ ।

जसमध्ये ११ हजार ६९५ बिरामी कोरोनामुक्त भइसकेको छन् । हाल पाँच हजार ९२३ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ । कोभिड–१९ को निको हुने दर ६६.२४ प्रतिशत पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

पछिल्लो चौबीस घण्टामा ५८ जना बिरामी निको भई घर फर्केका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना आशङ्कामा हाल २२ हजार ६६२ जना क्वारेन्टिनमा छन् । आइसोलेशनमा पाँच हजार ९२३ जना हुनुहुन्छ ।

कोभिड–१९ बाट हालसम्म ४० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोभिड–१९ को सङ्क्रमणले प्रदेश २ मा छ जना, वाग्मती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा पाँच जना, प्रदेश ५ मा १० जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा छ जनाको मृत्यु भएको हो । नेपालमा कोभिड–१९ बाट मृत्युदर १.२४ दत्र्ता गरिएको छ ।

हालसम्म नेपालमा तीन लाख १५ हजार ५७० जनाको नमूना सङ्कलन गरी कोभिड–१९ को परीक्षण गरिएको छ । परीक्षण गरिएकोमा दुई लाख ९७ हजार ९१२ जनामा कोभिड–१९ को पुष्टि भएको छैन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com