विदेशमा कोभिडबाट ज्यान गुमाउने नेपाली १ सय ६०


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विश्वका विभिन्न मुलुकमा ज्यान गुमाउने नेपालीको संख्या    १ सय ६० पुगेको  छ ।

गैरआवासीय नेपाली संघका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा थप पाँच जनाको मृत्यु भएको छ ।

शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको संघले  बताएको   छ ।

त्यसैगरी, यसअघि  संक्रमण भएकामध्ये ९३ प्रतिशत  अर्थात् २८ हजार ६८१ जना संक्रमणमुक्त भएको जनाइएको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी नेपालीले ज्यान गुमाएको देश बेलायत हो । लन्डनस्थित नेपाली दूतावासले अहिलेसम्म ६७ जना नेपालीको  कोरोनाबाट  मृत्‍यु भएको पुष्टि गरेको छ ।

बेलायतमा पनि संक्रमण भएको भनिएका हजार बढी नेपालीमध्ये लगभग सबै निको भएको ठानिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com