अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नागरिकलाई मास्क प्रयोगका लागि अपिल गर्न अस्वीकार


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकनहरुलाई मास्क प्रयोगका लागि अपिल गर्न अस्वीकार गरेका छन् ।

अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले राज्य तथा स्थानीय तहका नेताहरुलाई सम्भव भएसम्म मास्कको प्रयोग ‘बाध्यकारी’ बनाउन सुझाव दिएपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।

डा. फाउचीले मास्क वा रुमालले मुख छोप्‍नु अति महत्वपूर्ण रहेको भन्दै सबैले प्रयोग गर्नुपर्ने सुझाएका थिए ।

तर, अमेरिकामा मास्कको प्रयोगको विषयलाई राजनीतिकरण गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि मास्क प्रयोग गर्न अस्वीकार गर्दै आएका राष्ट्रपति ट्रम्पले गत शनिबार भने मास्कको प्रयोग गरेका थिए । उनले मास्क प्रयोगको विषयमा बोल्दै मास्क प्रयोग गर्ने विशेष स्थान र समय हुने बताएका थिए ।

तर, राष्ट्रपति ट्रम्पले नागरिकलाई मास्क प्रयोगका लागि अपिल गर्न भने अस्वीकार गरेका हुन् । विश्व स्वास्थ्य संगठनले मास्क प्रयोग गरेमा संक्रमणबाट जोगिने र संक्रमण भएको भए अरुलाई सार्नबाट जोगाउन सकिने भएकोले कोरोना महामारी नियन्त्रणका उपायहरुमा मास्कको प्रयोग उत्तम रहेको जनाउँदै आएको छ ।

शुक्रबार फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले देशव्यापी रुपमा मास्क अनिवार्य गर्ने पक्षमा आफू सहमत हुन नसक्ने बताएका हुन् । उनले भने, “मानिसहरुका निश्‍चित स्वतन्बताहरु हुन्छन् ।”  उनले आफू व्यक्तिको स्वतन्त्रता हनन् गर्ने पक्षमा नरहेको बताएका छन् ।

तर, दक्षिणी राज्य जर्जियाका रिपब्लिकन गभर्नर ब्रायन केम्पले आउँदो एक महिनाका लागि मास्क प्रयोग अनिवार्य गरेका छन् ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ लाख ४१ हजारभन्दा बढी पुगेको छ भने एक लाख ३९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । -बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com