गंगा समान सिध्दबाबा र गंगालाई पनि अपवित्र पार्ने प्रयास


प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार

– लीला न्यौपाने 

सिध्दबाबा एक बिरक्त साधु । हाम्रो जस्तो न परिवार, न संसारिक रुपमा केहि प्राप्त गर्ने अभिलाषा, न संसारिक मोह । मात्र एउटा लोक कल्याणको अभिलाषा ।

म क्यानाडामा बस्छु । तर सिद्धबाबाको सान्निध्य र आशिर्बाद लिन प्रत्येक बर्ष म र मेरा परिवार लगायत मैले चिनेका धेरै दिदी-वहिनी तथा दाजु-भाइहरु चताराधाम गुरु-आश्रम गइ दुइ हप्ता देखि एक महिनासम्म बसेर फर्कने गर्छौ । बिदेशमा बसेकाले यहाकै वातावरणमा तरंगित भैसकेका हाम्रा बच्चाहरु सद्गुरुदेवको सान्निध्य र कृपा पाए पछि आज सुसंकृत बन्न पुगेका छन् ।

यति मात्र होइन कति कुलतमा फसेकाहरुलाई पनि सदगुरुदेवको कृपाले बचाएको छ । आफ्नो देशको कला, संस्कृतिलाइ उनीहरु अहिले माया गर्ने भएका छन् । यो सदगुरुदेवको अशिम कृपाप्रति हामी अति कृतज्ञ र आभारी छौ । तर यस्तो महान करुणा-निधान सन्तका बिरुद्ध देश भित्रै रचिएका षड्यन्त्रका शृंखला देख्दा बिदेशमा बस्ने हामी हज्जारौ हज्जार भक्तहरु अति नमिठो पिडा बोध गर्दै छटपटाइरहेका छौं ।

सिध्दबाबा एक समाधिसिध्द सत्पुरुष हुनुहुन्छ । वहा एक त्यस्तो महानआत्मा हुनुहुन्छ जो विश्व मानव समुदाय भित्रको एक महान दुर्लभ सन्त । अनि बुझ्न र चिन्न सके नेपाल र नेपालीका लागि अत्यन्त अमूल्य निधि । विश्वभरि छरिएर रहेका लाखौ-लाख भक्तहरुका आस्थाका केन्द्र । आयुर्वेदका ज्ञाता, नाडि विज्ञान तथा वनस्पती विज्ञानका विशेषज्ञ, पाशुपत सिद्ध महयोगका प्रवर्तक, शक्तिपात दीक्षा मार्फत मानवभित्र अध्यात्मिक चेतनाको जागरण गराइदिन सक्ने दुर्लभ महापुरुष ।

नेपालको सोलुखुम्बु जिल्लामा जन्मनु भएका सिध्दबाबा बाल्यकालमा नै भारतको मुम्बइ पुग्नुहुन्छ । आफ्नो अध्ययनको साथसाथै आध्यात्मिक खोज गर्दै विभिन्न गुरुदेबहरुबाट शिक्षादिक्षा लिदै र सो अनुसार अभ्यास गर्दै अष्टाङ्गयोगको अन्तिम विन्दु “समाधि सिद्धि” को अवस्था, आध्यात्मिक उन्नतीको शिखर, सम्म पुग्नुहुन्छ । त्यतिमात्र होइन वहाँ महात्मा, महापुरुषहरुको सत्संगमा रहेर, पवित्र भूमी नेपालबाट नै प्रार्दुभाव भएको, तर विगत ४०० वर्षदेखि लोप भएको पाशुपत सिध्दमहायोगको खोजी गरी त्यो दुर्लभ ज्ञान हासिल गर्नुहुन्छ ।

त्यसपछि आफ्नो गुरुदेवको प्रेरणाले ‘जननी जन्मभूमीश्च स्वर्गादपी गरियसी’ को मूलमंन्त्रलाई अवलम्वन गर्दै स्वदेश फर्कनु हुन्छ । संभबतस् यस्ता योगीहरु हिमालयको गुफा, कन्दरातिर नै आफ्नो ध्यान साधनामा मग्न रहन्छन् । यदाकदा आफ्ना इश्वर इच्छा तथा गुरुदेवको आदेशनुसार मानवकल्याणका लागि बाहिरी संसारमा आउने गर्दछन् ।

यस्तै औलामा गन्न सकिने सिध्दयोगीहरु मध्येका एक योगी हुनुहुन्छ  सिध्दबाबा । योगसिध्द पुरुष वा सन्तको मुल उद्देश्य नै जीव-कल्याण गर्नु र सनातन धर्म प्रति संपूर्ण मानवको चेतना जगाउनु हो । यहि चेतना विश्वको सिर भएर रहेको पबित्र भूमि यबं आफनै प्यारो जन्मभूमि नेपालवाट विश्व भरिका मानवमा पुर्याई मानब मात्रको कल्याण हेतु वहाँ भारत सरकारले उच्च तहको सुबिधा दिएर त्यही बस्न अनुरोध गर्दा गर्दै पनि आफ्नै मात्रीभूमी फर्कनुहुन्छ । उहाँको समग्र उद्देश्य विश्व कल्याण हो भने पहिलो विशिष्ट उद्देश्य नेपाल र नेपालीलाई संवृध्द बनाउने हो ।

तर मानव समाजमा बढ्दै गएको अनिति, दुराचार, कुसंस्कार, अमानवीयता, भ्रष्टाचारवाट देशको भविष्य विकराल बन्दै गैरहेको अवस्था छ । एकातिर कृषि उत्पादन बढाउने उद्देश्य राखेर हिजोआज जथाभावी रासायानिक मल, किटनासक औषधी, विषादीको प्रयोगले माटोको उर्वराशक्तिमा नै ह्रास आइरहेको छ भने अर्कातिर यस्ता उत्पादित वस्तुको सेवनले मानिसहरुमा असाध्य तथा भयानक रोगहरु लाग्नाले अल्पायूमै मानिसको मृत्यु भैरहेको घटना दिन प्रतिदिन बढ्दै गएको विभिन्न अध्ययन अनुसन्धानले देखाइरहेको छ ।

अनावृष्टि, अतिवृष्टि, खडेरी, वन फडानी जस्ता कारणवाट वातावरणमा प्रदुषण बढ्दै गई मानव जीवन दिनानुदिन कष्टमय हुदै आइरहेको छ । फेरि देशमा रोजगारीको अभावले आफ्नो मृत्यु सम्मको जोखिम मोलेर लाखौलाख यूवा जनशक्ति विदेशिन बाध्य भएका छन् ।

यस्तो अवस्थामा आफ्नो ज्ञान र शिप मार्फत देश र देशवासी दाजु-भाई तथा दिदी-बहिनीलाई सहयोग गर्न पूज्य महायोगी सिद्धबाबा । स्वरोजगार नेपाल, सुसंस्कारी नेपाल, स्वस्थ नेपाल, संबृद्द नेपाल, तथा स्वच्छ नेपालू को अबधारणा ल्याई त्यसका लागि अहोरात्र खटिरहनु भएको छ । मानबका लागि चाहिने पहिलो आबश्यकता नै उसको सन्तुलित शाररिक र मानसिक स्वास्थ्य हो । यसको लागि योग साधना नै मानब कल्याणको महत्वपूर्ण आधार हो भन्ने दृढताका साथ महायोगी सिध्दबाबाले महायोग ध्यान साधना गराउदै आउनुभएको छ । उहाँको भनाइ अनुसार योग साधनाले मानिसको मन सुद्ध हुदै जान्छ । मन सुध्द भएपछि बिचार, सोंच सकारात्मक हुन थाल्छ । अनि समाज स्वच्छ हुदै देश स्वच्छ बन्छ ।

स्वदेशमा नै रोजगारको संभावना भयो भने विदेशिन बाध्य भएका यूवाशक्तिलाई स्वदेश फर्काउन सकिन्छ भनेर महायोगी सिध्दबाबाले नेपालको प्रदेश नम्बर १ को सरकारसंग सहकार्य गर्दै हरित क्रान्ति अभियानुमा आफ्नो प्रतिवद्दता जनाईसक्नु भएको छ । अर्गानिक कृषि प्रणाली, गौ पालन, जडिबुटी खेति तथा बृक्षारोपणमा जोड दिंदै स्वास्थ्यका लागि आयुर्बेद र योग बिश्वविध्यालयको स्थापनाका लागि पनि पहल उत्तिकै जारि छ । सिध्दबाबा आफू स्वयम् आयूर्बेदको ज्ञाता हुनुभएकोले बारम्बार भनिरहनु भएको छ कि नेपाल विश्वमै दूर्लभ जडिबूटीले भरिपूर्ण भएको देश हो । यदि यसलाई सहि सदुपयोग तथा प्रसोधन गर्ने हो भने हाम्रो देश विश्वको धनि देश मध्येमा अवश्य पर्नेछ ।

अर्का तर्फ वातावरणको प्रदुषणको समस्या, माटोको उर्बराशक्तिमा ह्रास हुदै गएको समस्या, अनि मानवभित्र हराउदै गएको मनवता तथा नैतिकतालाई कसरी सुध्रिढ गर्न सकिन्छ भनेर महायोगी सिध्द बाबाले बैदिक सनातन धर्म शास्त्रको अध्ययन तथा अनुसन्धान गर्दै विश्व इतिहासमै ७०५ बर्षपछि र नेपालको इतिहासमा पहिलो पटक तारकब्रम्ह महायज्ञ जस्तो दुर्लभ कार्य संपन्न गर्नुभयो । यसको सकारात्मक असर बिस्तारै मौसममा परिरहेको कुरा धेरैले महशुस गरिसकेका छन् ।

मानव जीवनको अस्तित्व तथा आधार नै धर्म हो । यहाँ धर्म कुनै रिलिजन वा संप्रदायलाई भन्न खोजिएको होइन । मानव भित्रको मानविय नैतिकता नै धर्म हो । त्यही मानविय नैतिकता आफूले प्राप्त गरेको व्रम्हज्ञानव्दारा जगेर्णा, उत्थान तथा रक्षा गर्न महान सत्पुरुष हाम्रो सदगुरुदेव नेपालको गौरव, राष्ट्रको संपत्तीलाई आज ओझेलमा पार्न खोजिएको छ । यस्ता उच्चस्तरका सदपुरुष समाजमा प्राकट्य हुँदा हाम्रो समाजमा एकाएक आध्यात्मिक चिन्तन मनन एवम् सनातनिय अभ्यास बढ्दै गई उहाँको मान, प्रतिष्ठा बढ्दै गएको देख्न नसक्ने वा रिसईबि साध्ने व्यक्तिहरुले, सनातन धर्म मास्न खोज्नेहरु र धनको लोभमा पर्नेहरुको  षडयन्त्रको सिकार महायोगी सिद्धबाबा हुनुभएको  छ ।

असार ८, २०७७ मा एस्ट्रो नेपालडटकममा मा आजको समाज अनि सच्चा साधुसन्तको अस्तित्व मार्फत आकाश शर्मा भन्छन् – ‘आज समाजमा झुठो आडम्बरको खोल भिरेर बसेका ढोगी धर्मगुरुहरु प्रशस्त भेटिन्छन् जसले समाजमा सच्चा योगीहरुको मान प्रतिष्ठा बढेको देख्न चाहदैनन् । भगवान गौतम बुध्दलाई पनि महिला भिक्षुणीको साथ अबैध संबन्ध राखेको आरोप लगाई बहिष्कार गर्न रचिएको इतिहास छ ।’

अहिलेको कलिकालमा गङ्गालाई पनि अपवित्र पार्ने अनेकौँ कुश्चेष्टा नभएका होइनन् तर गङ्गाको पवित्रता कहिल्यै घटेको छैन । सिध्दबाबा पनि उही गङ्गा समान हुनुहुन्छ । षडयन्त्रका तानाबानाले उहाँको ओजलाई कमजोर बनाउन सक्दैन, झन् बढाउने छ । त्यसैले सनातन धर्म मास्न चलखेल गर्ने अधर्मीका पासोले उहाँको अभियानलाई कहिल्यै पछि पार्न सक्ने छैन ।

“जस्तो सोंच उस्तै व्यक्ति, जस्तो खोज उस्तै प्राप्ती” भन्ने उखान संग मिल्ने कुरा यहाँ व्यवहारमा देख्न पाइन्छ । महायोगी सिध्दबाबा कारागारमा रहेको अवस्थामा पनि त्यहाँका कैदीहरुको कल्याणका लागि महायोग साधनाको ज्ञान दिलाइ रहनुभएको छ । हालसालै फैलिएको महामारी कोरोना भाइरसको महाविपदवाट देश गुज्रीरहेको अवस्थामा यस संस्थाको आश्रम परिसरमा रहेको ६० कोठाको धर्मशाला भवन प्रदेस नं १ को सरकारलाई तत्काल सहयोग गर्ने हेतुले सिध्दबाबाको सल्लाहमा देशविदेशवाट ल्याइएका नेपाली नागरिकहरुलाई क्वारेन्टाइनमा राख्न उपलब्ध गराइएको छ ।

धर्मको हानी गर्ने षडयन्त्रकारिहरु विभिन्न तिकडम र डर धम्कीका अश्त्र लिएर अघि बढिरहेका भए पनि हामीसंग ‘असतोमा सदगमय’को उज्यालो किरण छ ।

(लेखमा समेटिएका विचारहरु लेखकका व्यक्तिगत विचार हुन् ।खसोखासले यसबारे स्वतन्त्र पुष्टी गरेको छैन । )

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com