नेपालमा थपिए १६७ नयाँ कोरोना संक्रमित, कुल सङ्क्रमित १७ हजार ३४४


प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार

नेपालमा कोरोना सङ्क्रमणका ११६ नयाँ बिरामी थपिएका छन् । यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या १७ हजार २९३ पुगेको छ । काठमाडौं उपत्यकामा सात जना नयाँ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा पाँच हजार ९० जनाको कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । हाल २४ हजार ५२७ जना क्वारेन्टाइनमा बसेका छन् । आइसोलेशनमा छ हजार ११३ जना छन् । बिहिबारसम्म तीन लाख तीन हजार जनाको आर टी पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा ६९७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ११ हजार २५ जना कोरोना मुक्त भई घर फर्केका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com