उपत्यकामा ७ सहित थप ११६ जनामा कोरोना संक्रमण पुष्टि : स्वास्थ्य मन्त्रालय


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १७ हजार १७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित छ हजार ११४ रहेका छन् ।

पछिल्लो २४ घण्टामा पाँच हजार ९० पीसीआर परीक्षण भएकाे छ । याेसँगै २,९८, ८२९ परीक्षणा भएकाे छ । क्वारेन्टाइनमा २४५२७ हजार र आइसोलेसनमा छ हजार ११३ हजार रहेका छन् । ५२६ जना रेड जाेनमा रहेका छन् । पछिल्लो २४ घण्टामा नवलपरासीकाे एकजना रेड जाेनमा परेकाे छ ।

आज ६९७ जना सङ्क्रमित निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै ११ हजार २५ पुगेको छ । याे कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ६४.२ प्रतिशत हाे । यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ७ पुगेको छ । काठमाडौँमा ७ जना, ललितपुर र भक्तपुरमा काेही पनि सङ्क्रमित भएका छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com