रुकुम पश्चिम घटना : संसदीय छानबिन समितिले बुझायो प्रतिवेदन


प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकामा भएको सोती घटना छानविन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक देवेन्द्र पौडेलले सोमबार सिंहदरबार पुगेर सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाएका हुन् ।

अन्तरजातीय बिहेको विवादमा गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जनाको हत्या भएको थियो । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक आफ्ना साथीहरुसहित चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीलाई बिहे गरेर ल्याउन भनी गएका थिए । तर, युवती पक्षको आक्रमणबाट नवराजसहित ६ जनाको मृत्यु भएको थियो ।

२०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट उक्त घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो । समितिलाई कार्यप्रारम्भ भएको मितिले एकमहिना भित्र प्रतिवेदन तयार गरि सभामुखलाई बुझाएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com