नेपालमा पहिलो पटक सांसदलाई कोरोना संक्रमण


प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार

कर्णाली प्रदेशसभामा विपक्षी दल नेतालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशसभाको बर्खे अधिबेशन सकिन लागेपछि आफ्नो निर्वाचन क्षेत्र जान आइतबार पीसीआर परीक्षणका गर्दा उहाँको रिपोर्ट पोजेटिभ आएको स्वकीय सचिवले बताउनुभयो ।

पीसीआर परीक्षणमा संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताउनुभयो ।

कर्णाली प्रदेशसभामा विपक्षी दल नेतालाई संक्रमण देखिएपछि प्रदेशसभामा तनावको अवस्था सिर्जना भएको छ । शाही प्रदेशसभामा अति सक्रिय रहेको र पत्रकारसँगको सम्पर्कमा रहने नेता रहेकाले उहाँको सम्पर्कमा आएका प्रदेशसभा सदस्यहरु, पत्रकारहरु तथा परिवारका सदस्यको खोजी गरी स्वाब संकलनको तयारी भएको डा. तिवारी बताउनुभयो ।

सांसद, कर्मचारी, माननियहरुका स्वकीय सचिव र केही पत्रकारसहित १६० जनाको स्वाव संकलन गरी पीसीआर परीक्षण गर्न लागिएको लागिएको डाक्टर तिवारीले जानकारी दिनुभयो । उहाका अनुसार सांसदको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर स्वाब संकलन गर्ने तयारी गरिएको हो ।सांसदलाई कोरोना देखिएपछि प्रदेश सभा सूचना टाँस गरि स्थगित गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com