अमेरिकामा विभिन्न देशबाट नेपालीसहित सहभागि अनलाइन पुम्सेको पहिलो चरणको नतिजा


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

अमेरिकाको ओरेगन पोर्टल्याण्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताले अनलाइनबाट गरेको पुम्से प्रतियोगिताको पहिलो चरणको नतिजा सार्वजनिक गरिएको छ । अनलाइनमार्फत दुईचरणमा पुम्से प्रतियोगिता गरिएकोमा पहिलो चरणमा सबै कलर बेल्टको नतिजा सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपका निर्देशक दिवाकर महर्जनले जानकारी दिए । प्रतियोगितामा अमेरिका, नेपाल लगायत विश्वभरबाट सहभागिता जनाएका थिए ।

पहिलो चरणमा सबै कलर बेल्टवालाको प्रतिस्पर्धामा २०१३ देखि २०१४ का पहेंलो बेल्ट पुरुषतर्फ एरिक राना प्रथम र कृतिन महर्जन दोश्रो भएका छन् । त्यस्तै महिला तर्फ नव्या श्रेष्ठ प्रथम र सनसाइन थापा दोश्रो भएका छन् । सोही उमेर समहुका ग्रिनबेल्टमा पुरुषतर्फ केन्नी हे र महिलातर्फ युलिना राई प्रथम भएका छन् । सोही उमेर समुहकै ब्लुबेल्टमा पुरुष तर्फ चेस रेमण्ड र महिला तर्फ सञ्जना कडरिया प्रथम भएका छन् ।

२०१३ देखि २०१४ का पहेंलो बेल्ट पुरुषतर्फ कृष होरभाट र महिला तर्फ ओलिभा यांग प्रथम भएका छन् । सोही उमेर समहुका ग्रिनबेल्टमा पुरुषतर्फ विशाल बस्नेत र महिलातर्फ प्रतिक्षा राना प्रथम भएका छन् । सोही उमेर समुहकै ब्लुबेल्टमा पुुरुषतर्फ जनेश पोखरेल र महिला तर्फ बेथानी मिन प्रथम भएका छन् । सोही उमेर समुहको रेड बेल्टमा महिलातर्फ जोनी फुम का यी प्रथम भएकी छिन् ।

२००९ देखि २०१० सम्मका पहेंलो बेल्ट पुरुषतर्फ रोदन राई र महिला तर्फ कृपा गुरुंग प्रथम भएका छन् । सोही उमेर समहुका ग्रिनबेल्टमा पुरुषतर्फ सुगम भुजेल र महिलातर्फ सोफिया तामांग प्रथम भएका छन् । सोही उमेर समुहकै ब्लुबेल्टमा पुुरुषतर्फ सिनेथ काभिस्का फर्नान्डो र महिला तर्फ लोरेना क्राइतेस प्रथम भएका छन् । सोही उमेर समुहको रेड बेल्टमा पुरुषतर्फ आयडेन राफल र महिलातर्फ सोफिया बर्डुगो प्रथम भएकी छिन् ।

२००६ देखि २००८ सम्मका पहेंलो बेल्ट पुरुषतर्फ क्रियशन बिष्ट र महिला तर्फ खुशी बराल प्रथम भएका छन् । सोही उमेर समहुका ग्रिनबेल्टमा पुरुषतर्फ कौशल कुमार र महिलातर्फ स्वस्तीका तामांग प्रथम भएका छन् । सोही उमेर समुहकै ब्लुबेल्टमा पुुरुषतर्फ प्रज्ञान तामांग र महिला तर्फ सेरेना सञ्जाली प्रथम भएका छन् । सोही उमेर समुहको रेड बेल्टमा पुरुषतर्फ असेन राजापाक्ष र महिलातर्फ एलेक्सा लोपेज प्रथम भएकी छिन् ।

२००६ देखि २००८ सम्मका पहेंलो बेल्ट पुरुषतर्फ क्रियशन बिष्ट र महिला तर्फ खुशी बराल प्रथम भएका छन् । सोही उमेर समहुका ग्रिनबेल्टमा पुरुषतर्फ कौशल कुमार र महिलातर्फ स्वस्तीका तामांग प्रथम भएका छन् । सोही उमेर समुहकै ब्लुबेल्टमा पुुरुषतर्फ प्रज्ञान तामांग र महिला तर्फ सेरेना सञ्जाली प्रथम भएका छन् । सोही उमेर समुहको रेड बेल्टमा पुरुषतर्फ असेन राजापाक्ष र महिलातर्फ एलेक्सा लोपेज प्रथम भएकी छिन् ।

२००३ देखि २००५ सम्मका पहेंलो बेल्ट पुरुषतर्फ थिनेत बाभान्था र महिला तर्फ अर्पणा भट्टराई प्रथम भएका छन् । सोही उमेर समहुका ग्रिनबेल्टमा पुरुषतर्फ रोहण गुरुंग र महिलातर्फ नेशरिया मोहम्मद प्रथम भएका छन् । सोही उमेर समुहकै ब्लुबेल्टमा पुुरुषतर्फ शुक्रराज सुनार र महिला तर्फ सन्ध्या थापा प्रथम भएका छन् । सोही उमेर समुहको रेड बेल्टमा पुरुषतर्फ कोन्राड मिन्स र महिलातर्फ दिपिशा गुरुंग प्रथम भएकी छिन् ।

१९९० देखि २००२ सम्मका पहेंलो बेल्ट पुरुषतर्फ इर्गल बन्दरालागे र महिला तर्फ सुस्मीता राई प्रथम भएका छन् । सोही उमेर समहुका ग्रिनबेल्टमा महिलातर्फ सुशिला मगर प्रथम भएका छन् । सोही उमेर समुहकै ब्लुबेल्टमा पुुरुषतर्फ दावा शेर्पा र महिला तर्फ नेहा चौधरी प्रथम भएका छन् । सोही उमेर समुहको रेड बेल्टमा पुरुषतर्फ सुपेन फर्नान्डो र महिलातर्फ ट्राइसिया मिन्स प्रथम भएकी छिन् ।

१९८९ भन्दा अगाडिको उमेर समुहको पहेंलो बेल्ट पुरुषतर्फ शाहुल हमिद र महिला तर्फ कृशला राई प्रथम भएका छन् । सोही उमेर समहुका ग्रिनबेल्टमा पुरुषतर्फ सुशिल सुनार प्रथम भएका छन् । सोही उमेर समुहकै ब्लुबेल्टमा पुुरुषतर्फ रोहीत राई प्रथम भएका छन् । सोही उमेर समुहको रेड बेल्टमा पुरुषतर्फ थोमस डुकरोक र महिलातर्फ दिपिशा अप्रिल मिन्ह प्रथम भएकी छिन् ।

सम्पूर्ण नतिजा र प्रतियोगीको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

पहिलो चरणमा सबै रंगका बेल्टवालाहरुले गत जुन २० सम्म अनलाइनबाट भिडियो पठाएका थिए । अन्तर्राष्ट्रिय रेफ्रीहरुले जुन २१ देखि २७ सम्म भिडियो हेरेर विजेता घोषणा गरेका हुन् ।

त्यस्तै दोश्रो चरणमा ब्ल्याक बेल्टवालाहरुले जुन २१ देखि जुलाई ११ सम्म भिडियो पठाएका छन् । जुलाई १८ सम्म अन्तर्राष्ट्रिय रेफ्रीहरुले भिडियो हेरेर विजेता घोषणा गर्नेछन् ।

पुम्से प्रतियोगिताका निर्देशक ग्रयाण्डमास्टर दिवाकर महर्जन हुन् भने अन्तर्राष्ट्रिय सहभागिता अध्यक्ष सिनियर मास्टर लभ गोर्खाली हुन् ।

त्यस्तै इभेन्ट प्रोमोशनका चेयर सिनियर मास्टर विपिन श्रेष्ठ हुन् भने इन्टरनेशल रेफ्री चेयर सिनियर मास्टर रिचार्ड स्याक्स, पुम्से रेफ्री चेयर ग्रयाण्डमास्टर रेमण्ड हासु, भिडियो रिभ्युअर चेयर मास्टर अलेक्जेण्डर लिम हुन् । सफ्टवेयर टेक्निसियन को चेयरहरु केविन महर्जन र सुदिन महर्जन हुन् ।

मे १ र २ मा मिसिगनमा हुने भनिएको १३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता भने कोरोनाको महामारीका कारण स्थगित भइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com