उपत्यकामा मात्रै ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, निको भएर डिस्चार्ज हुने ६०.७ प्रतिशत


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

नेपालमा अहिले सकृय सङ्क्रमित छहजार ६१३ रहेका छन् । पछिल्लो २४ घण्टामा पाँच हजार ८५६हजार पीसीआर परीक्षण भएकाे छ । क्वारेन्टाइनमा २३ हजार ४७० र आइसोलेसनमा छहजार ६१३ हजार रहेका छन् । ५२५ जना रेड जाेनमा रहेका छन् । पछिल्लो २४ घण्टामा काेही पनि रेड जाेनमा परेकाे छैन ।
आज १७०५ जना सङ्क्रमित निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै १० हजार २९४ पुगेको छ । याे कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ६०.७ प्रतिशत हाे । यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ९ पुगेको छ । काठमाडौँमा ३ जना, ललितपुरमा ५ जना, भक्तपुरमा १ जना सङ्क्रमित भएका छन् । उपत्यकामा अहिलेसम्म तीन सय ५६ पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com