थप ७० जनामा कोरोना संक्रमण पुष्टि, कुल सङ्क्रमित संख्या १६ हजार ७१९


प्रकाशित मिति : असार २७, २०७७ शनिबार

नेपालमा कोरोना भाइरसका ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ बिरामीको सङ्ख्या १६ हजार ७१९ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ सङ्क्रमितकाे सङ्ख्या १६ हजार ७१९ पुगेको जनाइएको छ । पछिल्लो चौबिस घण्टामा तीन हजार ६४८ जनामा कोभिड–१९ को परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोभिड–१९ का आठ हजार २३९ जना भाइरसको सङ्क्रमण सक्रिय रहेको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहेका कोभिड–१९ को आशङ्का गरिएकाको सङ्ख्या २४ हजार ८७ रहेको छ । पछिल्लो चौबिस घण्टामा ४३१ जना सङ्क्रमित निको भई घर फर्केका छन् । आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या आठ हजार २३९ छन् ।

त्यसैगरी, कोभिड–१९ सङ्क्रमितको निको हुने दर पहिलो पटक ५० प्रतिशतभन्दा माथि पुगेको छ । मन्त्रालयले परीक्षण बढ्दैजानु, सङ्क्रमित कम फेला पर्नुले निको हुने दर बढेर ५०. ५ प्रतिशत पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार थप तीन जना सङ्क्रमितको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com