मेरिल्याण्ड निवासी व्यक्तिलाई दिइएको कोरोनाबिरुद्धको भ्याक्सिन सफल भएको दावी


प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार

मेरिल्याण्ड निवासी व्यक्तिलाई दिइएको कोरोनाबिरुद्धको भ्याक्सिन सफल भएको दावी गरिएको छ । ती व्यक्तिले आफू कोरोनाबिरुद्धको भ्याक्सिन सफलतापूर्वक दिइएकामध्येको एक भएको बताएका छन् ।

ती व्यक्ति कोरोनाबिरुद्धको भ्याक्सिनको परीक्षणमा सहभागी भएका थिए, जसको परिणाम उत्साहजनक आएको छ । इम्युनोलोजीका विद्यार्थी डेभिड राचलाई गत मे महिनामा युनिभर्सिटी अफ मेरिल्याण्डमा कोरोनाबिरुद्ध परीक्षण भ्याक्सिन दिइएको थियो ।

अमेरिकाको फार्मास्युटिकल कम्पनी फिजर र जर्मनको बायोएनटेकले संयुक्तरुपमा बनाएको कोरोनाबिरुद्धको भ्याक्सिन परीक्षण स्वरुप ती व्यक्तिलाई दिइएको थियो । प्रारम्भिक नतिजा अनुशार भ्याक्सिनले कोरोना संक्रमण भएर निको भएकाहरुको बराबर वा त्योभन्दा पनि बढी कोरोनाबिरुद्धको एन्टीबडी बृद्धि गरेको पुष्टी भएको छ ।

डेभिड राचलाई अक्टोबरमा पुन परीक्षण गर्न बाँकी नै रहेको छ । त्यसपछि उनीसँग कोरोनाबिरुद्धको प्रतिरक्षात्मक प्रणाली विकाश भए नभएकोबारे निक्यौल निकालिनेछ । यदि यो परीक्षण पूर्णरुपमा सफल भएमा कम्पनीले यो बर्षको अन्त्य अगाडि नै एकसय मिलियन डोज भ्याक्सिन निर्माण गर्नेछ भने अर्कोबर्ष एक बिलियनभन्दा धेरै डोज बनाउनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com