म्याग्दीमा पहिरोमा पुरिएका १३ जनाकाे शव भेटियाे, १९ अझै बेपत्ता


प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार

म्याग्दीमा बाढी र पहिरोमा पुरिएरका १३ जनाको शव भेटिएको छ । बिहीबार रातीदेखिको अविरल वर्षापछिको पहिरोमा पुरिएका मध्य १३ जनाको शव भेटिएको र अन्य १९ जना वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

बाढी तथा पहिरोमा पुरिएका धवलागिरी गाउँपालिका वडा नं. ६ मराङ दमका चिहानडाँडाका तुलबहादुर क्षेत्री, सुकुना लामगादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, कल्लेनीका नजिमा केसी, प्रकाश केसी, सविन र रघुगंगा गाउँपालिका वडा नं. ६ ठाडाखानीका नलिमान छन्त्यालको शव भेटिएको प्रहरीले जनाएको छ ।

मृतक १४ जना मध्य १३ जना पहिरोमा पुरिएका र एक जना नलिमान छन्त्याललाई स्थानीय लापु खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका धवलागिरी गाउँपालिकाको मराङका ६ जनाको उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको र वेपत्ता सोही ठाउँका १० जना र मालिका गाउँपालिकाको विमका ६ जनाको खोजी कार्य जारी रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।

बाढीपहिरोमा परेर बेपत्ता भएकाहरुको खोजीकार्य सुरु गरिएको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धारकालागि बेनीबाट नेपाली सेनाको टोली हेलिकप्टरबाट र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल स्थलमार्ग हुँदै जान प्रयास गरेपनि मौसम प्रतिकुलताका कारण जान नसकी फर्किएका छन् । गोरखापत्र अनलाइनबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com