पाकिस्तानी सेनाको गोली लागेर जम्मु काश्मीरमा एक नेपालीको मृत्यु भएको छ । भारतीय सेनामा कार्यरत रहेका हवल्दार सम्बुर गुरुङको शुक्रबार जम्मु काश्मीरको रजौरी जिल्ला नौसेरा सेक्टरस्थित एलओसीमा गोली लागेर मृत्यु भएको हो ।
हिन्दुस्तान टाइम्सका अनुसार गोली लागेर गम्भिर घाइते भएका गुरुङको मृत्यु भएको हो । यस घटनालाई लिएर भारतीय सेनाले समवेदना व्यक्त गरेको छ ।
भारतीय रक्षा प्रवक्ता कर्णेल देभेन्द्र आनन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हवल्दार सम्बुर गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक हुन् । उनको कतर्व्य पालनाका क्रममा गरेको उच्च बलिदानीको मुलुक सधैं ऋणी रहनेछ ।’
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।