सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय, भाडा ५० प्रतिशत बढ्ने


प्रकाशित मिति : असार २५, २०७७ बिहीबार

सरकारले सार्वजनिक यातायात सुचारु गर्न दिने निर्णय गरेको छ । सार्वजनिक यातायात सञ्चालन पूर्ब सुरक्षा मापदण्ड पुरा गर्नुपर्नेछ ।
सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाको मापदण्ड पुरा गरेर सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले ट्याक्सीमा बढीमा दुई र परिवारका सदस्यहरुमात्रै बस्ने भए सिट क्षमता बमोजिम बस्न पाउने गरी खुकुलो गरिएको बताउनुभयो । त्यसैगरी, छोटो दूरीका सार्वजनिक यातायात सुरक्षा मापदण्ड पुरा गरेर सञ्चालन गर्न पाउने उहाँले जानकारी दिनुभयो ।

जस बमोजिम काठमाडौं उपत्यकाको तीन जिल्लामा मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न सकिने उहाँले प्रष्ट्याउनुभयो । निर्णय बमोजिम उपत्यका बाहेक जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न पाइनेछन् ।

मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न साप्ताहिक रुपमा हुँदै आएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले सार्वजनिक यातायात सञ्चालकले मापदण्ड पुरा गरी सञ्चालन गर्न केही दिन समय लाग्न सक्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि सिट क्षमताको पचास प्रतिशत मात्रै यात्रु बोक्न पाउने, प्रत्येक सबारीसाधनमा ‘सेनिटाइजर’ र यात्रुले मास्क लगाउनुपर्ने तथा चालकले पञ्जा र मास्क लगाउनुपर्ने मापदण्ड तोकेको छ ।

त्यसैगरी, एक पंक्तिमा एक यात्रु मात्रै बस्न पाउने मापदण्ड निर्धारण गरिएको छ । क्षमताभन्दा आधा मात्र यात्रु बोक्न पाउने भएकाले सञ्चालन खर्च जुटाउन तोकेको भन्दा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com