नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो


प्रकाशित मिति : असार २५, २०७७ बिहीबार

नेपालमा कोरोनाभाइरसका १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबिस घण्टामा एक सय आठ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमित हुनेको संख्या १६ हजार ५३१ पुगेको छ । बुधबार चौबिस घण्टामा २५५ जना नयाँ सङ्क्रमित थपिएको थियो । पछिल्लो एक साता यता नेपालमा नयाँ थपिने बिरामीको संख्या घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार चौबिस घण्टामा चार हजार ५८८ जनाको आर टी पीसीआर परीक्षण गरिएको छ । हालसम्म क्वारेन्टाइनमा रहेका बिरामीको संख्या २४ हजार ४२५ तथा आइसालेशनमा आठ हजार ६०५ जना बिरामी रहेका छन् ।

पछिल्लो चौबिस घण्टामा १३९ जना कोरोना सङ्क्रमित मुक्त भएर घर फर्केका छन् । हालसम्म सात हजार ८९१ जना कोरोना मुक्त भएका छन् । नेपालमा आठ हजार ६४० जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

सबै सङ्क्रमित आइसोलेशनमा छन् । दुई लाख ७१ हजार १४५ जनामा कोरोना सङ्क्रमण सम्बन्धी आरटी पीसीआर परीक्षण गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com