ओली-प्रचण्डबीच आज पनि सहमति हुन सकेन


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको छलफल पनि विना निष्कर्ष टुंगिएको छ ।

पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार करिब दुई घण्टा ओली र प्रचण्डबीच छलफल भएको थियो । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)का अनुसार अध्यक्षद्वयबीच भोलि (बिहीबार) पनि छलफल हुनेछ ।

आइतबार यता ओली र प्रचण्डबीच निरन्तर वार्ता हुँदै आएको छ । तर अध्यक्ष प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिरहेका छन् भने ओली राजीनामा बाहेकमा मात्र सहमति गर्न सकिने बताउँदै आएका छन् ।

दुवै पक्षको यहीँ अडानका कारण सहमति हुन सकेको छैन । असार १० गतेदेखि जारी स्थायी समिति बैटक १८ गते यता बस्न सकेको छैन । स्थायी समितिको अर्को बैठक २६ गते बिहान ११ बजेलाई तोकिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com