उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि, कुल सङ्क्रमित १६ हजार ४२३


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या २३ पुगेको छ । काठमाडौँमा १६ जना र ललितपुरमा ७ जना सङ्क्रमित भएका छन् ।

क्वारेन्टाइनमा २४ हजार ४०, आइसोलेसनमा आठ हजार ६३६ रहेका छन् । आज २५३ जना निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै सातहजार ७५२ पुगेको छ । याे ४७.२ प्रतिशत भन्दा बढी सङ्क्रमित स्वास्थ्य लाभपछि घरमा डिस्चार्ज भएका छन्।

सरकारले स्थानीय तहहरुबाट शूल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कारवाहीको चेतावनी दिएको छ । केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कोरोना परीक्षण गरे बाफत शूल्क लिइरहेको खवर आएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकाले स्थानीय तहबाट पैसा नउठान आग्रह गरेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com