नेपालमा थप २०४ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या १६ हजार नाघ्यो


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।
आज ६८४ जना निको भएर डिस्चार्ज हुनुभएको छ । यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या २८ पुगेको छ । काठमाडौँ जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जना सङ्क्रमित भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com