गंगालालमा उपचाररत ७ जनामा कोरोना पुष्टि ,आकस्मिक बाहेक सबै सेवा बन्द


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले यसको पुष्टि गर्नुभएको छ ।

अस्पतालले भने आज मंगलबारबाट आकस्मिक बाहेकका सबै सेवा हाललाई स्थगित गरेको छ । थप सतर्कताका आकस्मिक बाहेकका सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले निकालेको सूचनामा उल्लेख छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com