उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, संक्रमितको संख्या १५ हजार ९६४


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १५ हजार ९६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

क्वारेन्टाइनमा २९ हजार २१५ र आइसोलेसनमा नाै हजार ११८ जना रहेका छन् । आज २६४ जना निको भएर डिस्चार्ज हुनुभएको छ । अहिलेसम्म छ हजार ८११ डिस्चार्ज हुनुभएको छ । रेड जाेनमा ५१९ । जनकपुरमा एकजना रेड जाेनमा परेकाे छ ।

यस्तै, काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या पुगेको छ । काठमाडौँ जिल्लामा २४, ललितपुर २० मा र भक्तपुरमा १० जना सङ्क्रमित भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com