मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । असार १ गते नै सरकारले निर्देशन जारी गरेपनि कार्यान्वयन नभएकाले रिमाइन्ड मात्र गरिएको गृह प्रवक्ता केदार शर्माले बताए ।

उनले भने, ‘प्रहरी प्रधान कार्यालय र सिडिओ कार्यालयलाई थप प्रभावकारी बनाउन भन्दै रिमाइन्ड गरिएको हो । यो अहिले गरिएको निर्णय नभइ पुरानै हाे ।’
एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएपनि कार्यान्वयन नभएको प्रवक्ता शर्माको भनाइ थियो । सोही अनुरुप निर्देशन गरिएको शर्माले बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com