उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दो, संक्रमितको कुल संख्या १५ हजार ७८४


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमित पुष्टि भएकाे छन् । योसँगै कुल संक्रमित १५ हजार ७८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

यस्तै काठमाडौं उपत्यकामा संक्रमित संख्या ३० पुगेको छ । काठमाडौं जिल्लामा २७, ललितपुरमा दुई र भक्तपुरमा एकजना संक्रमित भएका छन् ।

क्वारेन्टाइनमा ३१ हजार ५७३ र आइसोलेसनमा एकहजार २०३ जना रहेका छन् ।आज एकसय ३२ जना निको भएर डिस्चार्ज हुनुभएको छ । अहिलेसम्म छहजार ५४७ डिस्चार्ज हुनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com