पर्थका सुवासको सहयोगी मन


प्रकाशित मिति : असार २०, २०७७ शनिबार

घोराहीका केहि युवा खेलाडीहरुले कोरोनाको त्रासमा रहेका अति विपन्न तथा काम गरेर खान सक्ने अबस्थामा नरहेका एक सय घर परिवारलाई खाद्यान्न सहितको राहत वितरण गरेका छन् । घोराही उपमहानगरपालिकाको सिफारीस र वडा कार्यालयको समन्वयमा खेलाडीहरु नरेन्द्र पुन, दिपक पुन, बसन्त पुरी र सुमन अधिकारीले एक सय घर परिवारलाई विभिन्न ११ प्रकारका राहत सामाग्रीहरु बितरण गरेका हुन् ।

नगरका ४, ५ र ११ नम्बर वडा बाहेक अन्य १६ वटा वडाहरुमा पुगेर राहत बितरण गरिएको नरेन्द्र पुनले जानकारी दिए । प्रतिघर २५ किलो चामल, ५ किलो दाल, ५ किलो पिठो, २ लिटर खाने तेल, २ किलो नुन, एक पोका भुजा, ४ वटा कपडा धुने साबुन, ५ वटा नुहाउने सावुन, २ वटा भाँडा माझ्ने साबुन, एउटा मन्जन र २ वटा ब्रसका दरले राहत वितरण गरिएको उनले जानकारी दिए ।

घोराही १८ नवलपुर घरभई हाल अष्ट्रेलीयाको पर्थमा बस्दै आउनुभएका सुबास श्रेष्ठले नगरका विपन्न परिवारलाई राहत वितरण गर्न भनि पठाएको रकमबाट ती खाद्य बस्तुहरु खरिद गरेर वितरण गरिएको पुनले बताए । अति विपन्न परिवार, एकल व्यक्ति, जेष्ठ नागरिक, सिकलसेल, क्यान्सर, मृगौला पिडित व्यक्तिहरुलाई समेत राहत वितरण गरिएको छ ।
कोरोनाको त्रासमा काम गरेर खान नसक्ने अबस्थामा रहेका एक सय घर परिवारले राहत पाए पछि खुसी भएका छन् । युवाहरुले जनप्रतिनिधीहरुलाई साथमै लिएर विपन्नहरुको घरमा पुगेका थिए । अस्ट्रेलियाको पर्थमा बसेर आफ्नो व्यवशाय गर्दै आएका सुवास श्रेष्ठ एनआरएन खेलुकद बिभागका सल्लाहकार समेत हुन । मेरो सानो सहयोगले मेरो जन्मथलोका केहि बिपन्न बर्गको ओठमा खुसी देख्न पाइन्छ भने त्यो किन नगर्ने, सुवासले बताए । उनले आफ्नै खर्चमा युवाहरुको लागि दाङमा फुटबल मैदान समेत निमार्ण गरिरहेका छन । जन्मेको ठाउँं र हुर्केको गाउँंको माया कसलाई हुन्न र , यो त सानो सहयोग मात्र हो, उनले सुनाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com