कैलालीमा होम क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-१० मा होम क्वारेन्टिनमा बसेकी ४८ वर्षीया महिलाको मृत्यु भएको हो ।
जेठ २६ गते भारतबाट फर्केकी ती महिलामा प्यारालाइसिस र रक्तचापको समस्या पनि भएकोले स्थानीय तहले तयार गरेको क्वारेन्टिनबाट वडा अध्यक्षको निगरानीमा होम क्वारेन्टिनमा राखिएको थियो । ती महिलाको घरमा गएको एक सातापछि मृत्यु भएको हो ।
उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरि धनगढी पठाइएको र रिर्पोट आएपछि शव व्यवस्थापन गर्ने बताइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।