गोरखा अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु


प्रकाशित मिति : असार २०, २०७७ शनिबार

गोरखा अस्पतालको आइसोलेसनमा रहेका एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला अस्पताल गोरखाले प्रेस विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको आइसोलेसनमा उपचार गराइरहनुभएका ४४ वर्षीय एक पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।
पालुङटार नगरपालिका-७ निवासी उहाँ मङ्गलबार मात्र कतारबाट नेपाल फर्कनुभएको थियो ।

मधुमेह, उच्च रक्तचापलगायतका दीर्घरोगीसमेत रहनुभएका उहाँलाई गाह्राे भएपछि शुक्रबार राति १० बजे जिल्ला अस्पतालको आइसोलेसनमा ल्याइएको थियो ।

उपचारको क्रममा शनिबार बिहान ५ बजे उहाँको मृत्यु भएको जिल्ला अस्पताल गोरखाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट नवीन थापाले जानकारी दिनुभयो । उहाँको १८ गते पीसीआर परीक्षणको लागि नमूना सङ्कलन गरी पठाइएकोमा १९ गते पोजिटिभ रिर्पोट आएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com