रुपन्देहीमा पौडी खेल्ने क्रममा बेपत्ता युवक मृत भेटिए


प्रकाशित मिति : असार २०, २०७७ शनिबार

रुपन्देहीमा पौडी खेल्ने क्रममा शुक्रबार खोलामा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । साथीहरूसँग पौडी खेल्ने क्रममा कञ्चन खोलामा डुबेर बेपत्ता भएका कञ्चन गाउँपालिका वडा ४ रूद्रपुर निवासी टेकबहादुर थापाका १८ वर्षिय अर्जुन थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खड्काले बताए ।

उनी लुम्बनी ज्ञान निकतन मा.वि.मा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन् । थापाको पौडि खेलेको ठाउँ भन्दा एक किलोमिटर टाढा दक्षिण तर्फ पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com