सुत्केरीको हेलिकोप्टरबाट उद्धार, शल्यक्रिया सफल
प्रकाशित मिति : असार २०, २०७७ शनिबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/06/helicoptor.jpg?fit=810%2C538&ssl=1)
सिन्धुपाल्चोकको खाडीचौरबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी महिलाको शल्यक्रिया सफल भएको छ । काठमाडौंँको ह्याम्स अस्पतालमा शुक्रबार सांँझ शल्यक्रियाबाट शिशु जन्माइएको हो ।
खाडीचौरस्थित सदाबहार अस्पतालका चिकित्सकले लिंसखुपाखर गाउँपालिका ७ की २४ वर्षीया निशा तामाङको शल्यक्रिया गर्न खोज्दा पाठेघर र पिसाबथैली जोडिएको भेटिएपछि हेलिकोप्टरबाट काठमाडौँ पठाइएको थियो ।
उनी बिहीबार नै सुत्केरी हुनका लागि सदाबहार अस्पतालमा भर्ना भएकी थिइन् । शिशु र आमाको अवस्था सामान्य रहेको सदाबहार अस्पतालका डा रोशन थापाले बताए ।