नेपालमा कोरोना संक्रमणबाट ४९ दिने शिशुको मृत्यु


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार म्याग्दी जिल्लाका धौलागिरी नगरपालिका ४ का कोरोना संक्रमित ४९ दिने शिशुको मृत्यु भएको हो।

घाँटीमा समस्या देखिएपछि अस्पताल असार ९ गते भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार उनको घाँटीको शल्यक्रिया गरिएको थियो । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com