प्रधानमन्त्री वाहेक सम्पूर्ण नेताहरु भारत पक्षधर ?


प्रकाशित मिति : असार १७, २०७७ बुधबार

– राधाकृष्ण देउजा

अहिले नेकपाको स्थायी समितिको वैठक चलिरहेको छ र त्यस बैठकको दौरान वहस र छलफल भन्दा पनि आपसी विवाद ज्यादा भैरहेका छन । नेकपाको वैठकको क्रममा पेस भएका एजेण्डाहरु भन्दा अन्य विषयमा ज्यादा छलफल भैरहेको सुन्न र पढन पाइन्छ जसले गर्दा अहिले जारी नेकपाको स्थायी कमिटिको वैठक सवैको चासोको विषय भएको छ ।

जे जसरि वैठकको विषयमा कुराहरु वाहिर आइरहेका छन त्यसले नेकपा इतरका पङ्क्तिलाइ खुसी पनि दिएको होला , बैठकमा सहभागी नेताहरुले उठान गर्नु भएको विषयहरुमा आधार र कारणहरु पनि होलान तर यो सबै भैराख्दा नेकपाको ठुलो पङ्क्ति चिन्तित भएको छ भने केहि उपरबुज्रुकहरु गुटको गाना वजना गर्दै आफ्नो गुट इतरका नेताहरुको मान मर्दनमा उत्रिएका छन ।

कुनै पनि जिवन्त पार्टीमा वहस , छलफल र विवादहरु सामान्य र नियमित प्रक्रियाका हिस्सा हुन । त्यसलाइ अनेकन अर्थ लगाएर हेर्ने , बुझ्ने र व्याख्या गर्ने भन्दा त्यस दौरानमा उठेका सवालहरुको उचित सम्वोधन गर्ने काम चाहिं हुनु पर्ने हो । तर त्यसो हुनुको साटो जव पार्टीका वैठकहरुमा उठान भएका सवालहरुलाइ लिएर पार्टीकै सदस्यहरुले सवाल उठान गर्नेहरुको नियत बुझ्ने र सवालहरुको उठानको पछाडीको कारण खोज्ने जस्ता अनावश्यक र अतिरिक्त काम गर्दै प्रस्ताव ल्याउनेहरु यस्ता वा त्यस्ता हुन भनेर प्रचारमा लाग्छन तव पार्टीको संचालन विधि र प्रक्रियाबाट नभएर अन्यथा ढंगले हुन थाल्छ । अहिले नेकपामा त्यही भैरहेको छ भन्दा गलत भइने छैन ।

हो, नेकपाका नेताहरुले पार्टी संचालन देखि सरकार संचालनसम्मको सन्दर्भमा भए गरेका सवल दुर्वल पक्षको बारेमा धेरै पछि छलफल गर्न पाएकोले कुराहरु सशक्त ढंगले उठेका छन । उठेका कुरा ठिक होलान , बेठीक होलान त्यसको बारेमा पार्टीको वैठकले एउटा निर्क्योल गर्नै पर्थ्यो र गर्थ्यो होला पनि । सच्चिनु पर्नेहरु सच्चिन्थे होला , सच्याउनु पर्ने कुराहरु सच्याइन्थ्यो होला जे गर्थ्यो वैठकले नै गर्थ्यो होला ।

तर वैठक मूल एजेन्डाहरुमा प्रवेश हुनु अगाडीनै नेकपा अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीज्युले एक कार्यक्रममा आफुलाइ हटाउन भारतीय चलखेल रहेको र त्यसमा नेताहरु समेत लागिरहेको अभिव्यक्ती दिनु भयो ।

थाहाछैन, वहाँले नेताहरु लागिरहेका छन भनेर कसलाइ संकेत गर्न खोज्नु भयो तर जे जसरि भनिएको भएपनि त्यो समग्र अभिव्यक्ती सम्माननीय प्रधानमन्त्रीको व्यक्तित्व सुहाउँदो थिएन र पार्टी बैठक चलिरहँदा त्यस्तो गम्भीर विषयको खुलासा वा दावी गर्न पार्टी वैठक भन्दा अन्य मंचको उपयोग आफैंमा उचित थिएन ।

जव प्रधानमन्त्रीले त्यो अभिव्यक्ति दिनु भयो तव केहि मानिसहरुले सूर गरिहाले आफ्नो खेति , अनि कुराकानी यसरी आउन थाल्यो कि नेकपामा केपी ओली वाहेक अरु सबै नेताहरु भारत परस्त हुन । हो , सम्माननीय प्रधानमन्त्री केपी ओलीले पच्छिल्लो नाकावन्दी यता सशक्त रुपमा भारतिय थिचो मिचो र अतिक्रमणको प्रयासलाइ डटेर सामना गर्दै आउनु भएको छ ।

पछिल्ला दिनहरुमा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा , लिपुलेक , कालापानी समेटेर नक्सा सार्वजनिक गर्ने देखि संविधान संशोधन गर्नेसम्मको काम गरेर वहाँले राष्ट्रियताको सम्वन्धमा एउटा विश्वसनीय नेतृत्वको परिचय बनाउनु भएको छ ।

तर यहाँ भुल्न नहुने कुरा के हो भने यो सवै काम गर्न वहाँलाइ वहाँको सिंगो पार्टी मात्रै हैन सिंगो देशले साथ दिएको थियो ।

अत:सिमा विवाद लगायत सवै अडानहरुमा सिंगो नेकपा एकमत भएर खडा रहेको सत्यलाइ भुलेर सरकार र पार्टी संचालनका अन्य विषयहरुमा सवाल खडा गर्ने सबै भारत पक्षधर अनि सम्माननीय प्रधानमन्त्रीज्यु मात्रै भारत विरोधी भनेर गरिने प्रचार अनि त्यसैको आधारमा पार्टीका अन्य नेताहरुको हुर्मत लिने खालका अभिव्यक्ति आउनु दुखद मात्रै हैन सन्देहजनक पनि छन ।

दुखद यस अर्थमा छ कि आफ्नो देशको भुमि अतिक्रमण गर्ने लगायतको कुनै प्रकारको थिचोमिचो सहनु हुन्न भन्नेमा नेकपाका सवै नेताहरुको एउटै मत छ , त्यो पनि शव्दमा मात्रै हैन व्यवहारमै देखिएको छ अनि यो सत्यको वेवास्ता गर्दै नेताहरुको मान मर्दन दुखद कुरा हो । अनि सन्देहजनक यस अर्थमा छ कि आफ्ना भुमि र स्वाधिनताको सवालमा सम्झौता नगरे पनि आफ्नो सवै भन्दा नजीकको छिमेकी भएको नाताले भारत सँग अपासी सम्मानको आधारमा सदैव असल सम्वन्ध राख्नु पर्छ भन्नेमा पनि सिंगो नेकपा एकमत छ तर फेरी किन हो कुन्नी प्रधानमन्त्री केपी ओलीलाइ मात्रै भारतको स्थायी विरोधी देखाउने कोशिस हुँदैछ , जुन न सत्य हो न त्यसो हुनु कसैको निम्ती हितकर छ ।

माथी उल्लेखित विषयहरुलाइ गम्भीरता पुर्वक विचार गर्दा के सहज निष्कर्ष निकाल्न सकिन्छ भने नेकपाको स्थायी समितिमा भैरहेको छलफल , वहस र विवादहरु लाइ जोडेर जे जसरि नेकपाका नेताहरुलाइ भारतको पक्ष र विपक्षको रुपमा व्याख्या गराउने काम भैरहेको छ र त्यस गलत व्याख्यालाइ सही मानेर जे जसरि आरोप प्रत्यारोप चलेको छ , त्यसले न नेकपालाइ फाइदा गर्नेछ न त देशलाइ नै ।

तसर्थ , आफ्ना निजी निष्कर्ष वा कसैले चलाएको भ्रममा परेर आफ्नै नेताहरु मध्य कोहिलाइ भारत पक्षका अनि कोहिलाइ भारतको विपक्षका ठानेर उफ्रिने काम कमसेकम नेकपाका नेता कार्यकर्ताले बन्द गर्नु पर्छ । ठिक छ , स्थायित्वको खातिर केपी ओली नेतृत्वको सरकारलाइ निरन्तरता दिनुपर्छ भनेर भन्न पाइयो , आपसी समझदारी गरेर अव राम्रो गर्दै जाने सहमतिमा त्यसो हुन सक्दा राम्रै पनि होला । तर त्यसो गर्नको लागि केपी ओली वाहेक अरु सवैलाइ भारत पक्षधर भनेर डाम्नु चाहिं घातक हुने पक्का छ ।

नेकपाका नेता कार्यकर्ताहरुले सोचून , आज क्षेणीक आवेगले आफ्ना नेतालाइ भारतको पक्षधर भएको त आरोप त लगाउन सकिएला तर भोली स्वाभाविक प्रक्रियाले वहाँहरु मध्य कोहिले देश र पार्टीको नेतृत्व सम्हाल्न पर्ने अवस्था आएछ भने के भारतीय पक्षका हाम्रो नेता प्रधानमन्त्री हुनु भएछ भनेर बधाइ दिनु हुन्छ ? की आजको आक्रोशित अभिव्यक्ति प्रति लज्जित हुँदै लुकेर हिडनु हुन्छ ?

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com